कार्यक्रम स्थगित गरेर उद्वारमा लाग्न एमालेका निर्देशन
- आश्विन १३, २०८१ मा प्रकाशित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बाढीपहिरो र डुबानबाट प्रभावित भएका जिल्लामा निर्धारित कार्यक्रमहरू स्थगन गरी उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ ।
आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित प्रदेश, जिल्ला र मातहतका पार्टी कमिटीले निर्धारित कार्यक्रमहरू स्थगन गरी खोज, उद्धार र राहतका काममा सक्रियतापूर्वक लाग्न निर्देशन दिएको महासचिव शङ्कर पोखरलेले बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले बडादसैँ नजिक आइरहेकाले बाढीपहिरोबाट भत्किएका पुल र बाटो तत्काल बनाउन सरकारसँग आग्रह गरेको छ । महासचिव पोखरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चाडपर्व नजिक ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परेको छ ।
पुल, सडक भत्किएका छन्, विद्युत् लाइन र खानेपानी अवरुद्ध भएका छन् । यस अवस्थालाई मध्यनजर गरी अवरुद्ध सडक खोल्न, मर्मत गर्न, नेपाललाई तिब्बतसँग जोड्ने अरनिको राजमार्गअन्तर्गको लार्चा पुल, बिपी राजमार्ग, मदन भण्डारी राजमार्गलगायत देशभर विभिन्न ठाउँका पुल बाढीले बगाएको हुँदा पुनःनिर्माण गर्न, जनजीवनलाई सहज बनाउन नेपाल सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments