एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
- असार १८, २०८२ मा प्रकाशित
खोटाङ — खोटाङका पाँच विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शून्य नतिजा (निल) दिएका छन्। शुक्रबार सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको नतिजाअनुसार, जनता मावि सल्ले, राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जालपा मावि नुनथला, याङसोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरे शून्य नतिजा दिने विद्यालय हुन्।
शिक्षा विकास तथा समन्वय इकाई खोटाङका अनुसार यी विद्यालयका विद्यार्थीहरूलाई अधिकतम पाँच विषयमा ग्रेड नभएको (NG) देखिएको छ।
सामुदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलका विद्यार्थी अनुपम आचार्य र जोनिम गुरुङले समान ३.८० जीपीए ल्याएर जिल्ला टप गरेका छन्। सोही विद्यालयकी एलिसा बास्तोलाले ३.७६ जीपीए हासिल गरेकी छन्, विद्यालयका प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिए।
संस्थागत विद्यालयतर्फ दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयका एलिहाङ राई ३.८५ जीपीए सहित जिल्लाको टप स्थानमा छन्।
यस वर्ष खोटाङबाट दुई हजार ६५८ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। तीमध्ये एक हजार ४६१ जना (५४.९६%) मात्र उतीर्ण भएका छन् भने एक हजार १९७ जना अनुतीर्ण भएका छन्। खोटाङका ९९ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments