•  १८ फाल्गुन २०८२, सोमबार

राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?

- फाल्गुन ५, २०८१ मा प्रकाशित


प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले राष्ट्रिय सभा पराजित उम्मेदवारहरूलाई भर्ती गर्ने स्थल बन्न नहुने दोहोर्‍याएका छन् ।

शाहीले राष्ट्रिय सभालाई ‘हरुवा-चरुवा भर्ती केन्द्र’ भन्दै व्यंग्य गरेका छन् । प्रश्न गर्दै उनले भनेका छन्, ‘वृद्धाश्रमलाई के बाल आश्रम भन्न सकिन्छ त? यदि पराजित उम्मेदवारहरूको भर्ती केन्द्र राष्ट्रिय सभा नै बनाइने हो भने हामीले वृद्धाश्रमलाई बाल आश्रम भन्नुपर्ने हुन्छ।’

सांसद शाहीले चुनाव हारेका व्यक्तिहरूलाई राष्ट्रिय सभामा ल्याएर भविष्य धरापमा पार्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘मेरोविरुद्ध खेद प्रस्ताव पारित गर्नेभन्दा जनतामा गएर चुनाव जितेर आउनुस् । पराजितहरूलाई घरमा नातिनातिनासँग रमाउन दिनुहोस्, राष्ट्रिय सभा युवाहरूको भविष्य बर्बाद गर्ने थलो नबनोस्।’उ

उनले यसअघि सामाजिक सञ्जालमार्फत् नै राष्ट्रिय सभा वृद्धाश्रम भएको बताएका थिए ।

राष्ट्रिय सभाले आइतबार मात्रै शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार सम्प्रेषण गर्न निर्देशन दिएको थियो । आइतबार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका थिए । सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै खेद प्रकट गरेको थियो ।

What’s your Reaction?
+1
27
+1
4
+1
0
+1
6
+1
0
Comments