•  ७ असार २०८२, शनिबार

भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह

- आश्विन १४, २०८१ मा प्रकाशित
मुख्यमन्त्रीसमक्ष निवेदन बुझाउँदै अध्यक्ष राई।


खोटाङ । लगातार परेको वर्षाका कारण भत्किएका संरचना पुनर्निमाण गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई दिप्रुङ चुईंचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले आग्रह गरेका छन् ।

गाउँपालिका क्षेत्र भित्र असाध्यै ठूलो क्षति भएको र पालिकाको स्रोत साधन मात्र प्रयोग गरेर त्यसलाई पुनःनिर्माण गर्दा अन्य क्षेत्रहरू प्रभावित हुने भन्दै राईले आर्थिक सहायताका लागि मुख्यमन्त्री कार्की र भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईलाई निवेदन मार्फत आग्रह गरेका हुन ।

असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षाका कारण गाउँपालिकाभित्रका रमाइलो – पञ्चमी – काल्सिङ खोला सडक, रेग्मिटार – पञ्चमी सडक, खानीडाँडा – याम्खा – पञ्चमी – चिप्रिङ सडक, तावाखोला – याम्खा – पञ्चमी सडक, दिलैचि – टेम्मा – ओख्रे सडकमा क्षति पुगेको छ ।

चाडपर्वको मुखमा सडक बिग्रिँदा दैनिक जीवन र चाडपर्वमा समेत प्रभाव पार्ने हुँदा यी सडकहरू मर्मतका लागि रू पचास लाख आपतकालीन बजेट विनियोजन गर्न अध्यक्ष राईले निवेदन मार्फत अनुरोध गरेका छन् ।

वर्षा रोकिएलगत्तै १३ गते नै विराटनगर पुगेका राईले मुख्यमन्त्रीलाई भेटेर र भौतिक पूर्वाधार मन्त्रीलाई टेलिफोनमार्फत आग्रह गरेका हुन् ।

कोशी प्रदेशका वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई सोही पालिकाका पूर्वअध्यक्ष समेत हुन् ।

What’s your Reaction?
+1
7
+1
25
+1
4
+1
0
+1
1
Comments

सम्बन्धित खवर