•  ६ असार २०८२, शुक्रबार

रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

- कार्तिक २, २०८१ मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा उल्लेख थियो । सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार एवं पूर्वडीआईजी छविलाल जोशी पक्राउलाई प्रहरीले पक्राउ गरिसकेको छ । जोशीकै बयानका आधारमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर