
फाेक्सिन्टारमा बेलिब्रिज जाेड्न सूचना प्रकाशन
- मंसिर ११, २०८१ मा प्रकाशित

दिक्तेल–गाईघाट सगरमाथा लोकमार्ग सडकखण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिनटारस्थित सुनकोसी नदीमा अस्थायी पुल (बेलीब्रिज) जडान गर्नका लागि सुचना प्रकाशन भएकाे छ ।
गत असाेजमा आएकाे बाढीले १० बर्ष लगाएर बनेकाे आर्क डिजाइनकाे पक्की पुल बगाएपछि गाइघाट र दिक्तेलबीच सीधा सडक सम्बन्ध टुटेकाे थियाे । नयाँ पुल निर्माणकाे विषय अझै अन्याैल नै रहेतापनि अस्थाइ रुपमा आवतजावत गर्नका लागी बेलिब्रिजले सहज हुने भएकाे छ ।
भाैतिक पुर्वाधार तथा यातयात मन्त्रालय, सडक विभाग अन्तरगत गाइघाट दिक्तेल सडक आयाेजना कार्यालय गाइघाटले मंसिर ११ गते ७ दिने सुचना निकालेकाे हाे ।
“फोक्सिङटारको बेली बृजको सुचना प्रकाशित भयो ! यो सुचना सातदिने भएकोले पुषको १०-१५ गते भित्र सन्चालनमा आउने अपेक्षा छ । जेठमा निकाल्नुपर्ने यो अस्थायी पुलले हाम्रो समस्याको दिगो समाधान दिदैन भन्ने राम्ररी थाहा छ । तसर्थ बर्षामा पनि निकाल्नु नपर्ने पुल निर्माणमा हामी सबै तदारुकताका साथ लागेका छौं । फोक्सिङटारको पुल बगाएपछि हामीले भोगेको पीडाबाट उन्मुक्ति पाउन सबैभन्दा छिटो, भएमध्येको दीगो र राम्रो पुल निर्माणका लागि प्रधानमन्त्री देखि भौतिक मन्त्रीज्यु र मन्त्रालयका अधिकारीहरुसङ अनेकपटक कुराकानी र बैठक भएका छन । यस सम्बन्धी थप कुनै सूचना भएमा सार्वजनिक गर्ने ब्यहोरा सबैमा अवगत गराउछु ।” सुचना र आफूले पहल गर्दैगरेकाे तस्वीर सार्वजानिक गर्दै संविधानसभा सदस्य विशाल भट्टराइले आफ्नाे फेसबुक वालमा लेखेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments