के भएर घट्याे सुनकाे भाउ ?
- मंसिर ११, २०८१ मा प्रकाशित
आइतवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
भोलिपल्ट आइतवारको तुलनामा सोमवार झन्डै १६ हजार रुपैयाँले नेपालमा सुन सस्तियो।
सुनकाे भाउ एकैदिनमा यसरी किन घट्याे कतिलाइ थाहा नहाेला, सरकारले सुनमा लगाइएकाे २० प्रतिशत भन्सार दरलाइ १० मा झार्ने निर्णय गरेसँगै सुनकाे भाउ ह्वात्तै घटेकाे हाे।
मङ्सिर ११ गते मङ्गलवार सुनको मूल्य थप घट्दै १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ।
यससँगै अब सुन आयातको सीमा बढाउन व्यवसायीहरूले माग गरेका छन्।
नेपाल राष्ट्रब्याङ्कले तोकेको हालको सीमा अनुसार दैनिक २० किलो सुन आयात गर्न पाइने व्यवस्था छ।
सुन नेपालले आयात गर्ने मुख्य २० वस्तुमध्येमा पर्ने भए तापनि त्यसलाई बिलासी वस्तुका रूपमा हेर्ने गरिन्छ।
यसअघि भारत र नेपाल दुवै देशमा सुनको भन्सार महसुल १५-१५ प्रतिशत रहेकोमा यो वर्षको सुरुतिरबाट त्यसमा असन्तुलन देखिन थालेको थियो।
लोकसभा चुनावका कारण भारतमा यस पटक पूर्ण बजेट केही ढिलो गरी साउन आठमा आएको थियो।
तर नेपालमा जेठ १५ मै ल्याइएको बजेटमा सुनको भन्सार दर १५ बाट बढाएर २० प्रतिशत पुर्याइयो। पछि भारतमा भने १५ प्रतिशतबाट ६ प्रतिशत पुर्याइयो।
जसले गर्दा नेपालमा औपचारिक बाटोबाट नभइकन खुला सीमाको लाभ उठाउँदै गैरकानुनी तवरबाट भारतबाट सुन आउने क्रम बढेको अधिकारी तथा व्यवसायीहरूले बताउँदै आएका थिए।
मध्य कात्तिकमा नेपालमा हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको छापावाल सुनको मूल्य मंगलबारसम्ममा घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments