चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
- पुष १२, २०८१ मा प्रकाशित
खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको बिहिबारको बैठक सहभागी हुने र देख्नेहरु सबैलाई नौलो भयो । जहिल्यै कार्यपालिकाको बैठक कक्षको चारदिवारभित्र सम्पन्न हुने यो बैठक यसपाली भने ऐतिहाँसिक केपिलासगढीमा बस्यो ।
सोफा र कुर्सीमा बस्ने कार्यपालिकाका पदाधिकारीहरु चउरमा कोही म्याट ओछ्याएर त कोही दुवो मै गोलो घेरा बनाएर बसे ।
ग्लोबल इस्युको रुपमा विकास भइरहेको क्लाइमेट चेन्जको असर न्युनिकरण गर्नुपर्ने सन्देश दिँदै बसेको यो बैठकले केपिलासगढीको प्रमोसनको पनि उद्देश्य राखेको छ ।
कंक्रिट सिमेन्टको बन्द कोठाभित्र सोफाको सट्टा प्रकृतिको काखमा बसेर गाउँपालिकाको बैठक सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई (युनिक)ले आफ्नो सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
कार्यपालिका बैठकमा ऐतिहासिक गढी केपिलासको बारेमा पाटन संयुक्त क्याम्पसका पूर्व प्राध्यपक चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी जनप्रतिनिधि र कर्मचारीलाई थुन्सेमा बोकेर टपरामा सेलरोटी, अचार र सुठुनी साथै किविको जुस खाजा खुवाइएको थियो ।
जलवायू परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने यस गाउँपालिकाले जलवायु असर न्यूनिकरणको लागि आफ्नो वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैर सरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments