
हलेसीमा ग्यास लिक भएर आगलागी, करोडौंको क्षति
- फाल्गुन ५, २०८१ मा प्रकाशित

खोटाङ – खोटाङ जिल्लाको हलेसी बजारमा आइतबार साँझ करिब ६ बजे खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो करिब चार घण्टापछि राति ११ बजे नियन्त्रणमा आएको हो। आगलागीका कारण पदम राईको घर र त्यसमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, साथै आइराज राई र प्रकाशचन्द्र गिरीका घरहरूमा क्षति पुगेको छ।
सुक्खा मौसमका कारण आगो निभाउन कठिनाइ भएको र प्रारम्भिक अनुमान अनुसार एक करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको जनाइएको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ।
What’s your Reaction?
+1
21
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments