
दिप्रुङ चुइचुम्मामा सम्पन्न भयो राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता
- बैशाख १, २०८२ मा प्रकाशित

खोटाङ, चैत ३०— दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दिप्रुङ चुइचुम्मा प्राज्ञ समाजको आयोजनामा र गाउँपालिकाको प्रायोजनमा दुईदिने खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन चैत्र २९ गते प्राज्ञ समाज दिप्रुङ चुइचुम्माका अध्यक्ष नरेन्द्र निर्विकारको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा गरिएको थियो। उद्घाटन समारोहमा दिप्रुङ चुइचुम्मा गाउँपालिका क्षेत्रका ख्याती प्राप्त प्राज्ञ तथा विशिष्ट व्यक्तित्वहरुलाई विशेष सम्मान गरिएको थियो।
प्रतियोगितामा देशभरबाट ६७ जना कविहरुले सहभागिता जनाएका थिए। पहिलो चरणमा प्राप्त रचनामध्ये १५ कविहरुको कविता वाचनका लागि छनोट गरिएको थियो। दोस्रो दिन ती १५ जना कविहरुले आफ्ना कविता वाचनसहित प्रस्तुत गरेका थिए।
निर्णायक मण्डलको निर्णयअनुसार, प्रतियोगितामा सुनी पोखरेल (उदयपुर) प्रथम, भरत थापा (धनकुटा) द्वितीय, अनाम जमरा (सिन्धुली) तृतीय स्थानमा विजयी भए। यसैगरी, अनिल सुवेदी (उदयपुर) र रुपक जमरा (सिन्धुली) ले सान्त्वना स्थान प्राप्त गरे।
कार्यक्रमको विशेष आकर्षणका रूपमा चर्चित युवा कवि तथा पद्मश्री पुरस्कार विजेता नवराज पराजुली, गायक उज्वल सागरसहितका विशिष्ट सर्जक तथा कलाकारहरुको उपस्थिति रहेको थियो। कविता वाचनसँगै कविता कन्सर्ट र लाइभ पर्फमेन्ससमेत प्रस्तुत गरिएको थियो। स्थानीय र राष्ट्रिय स्तरका स्रष्टाहरुले कविता, गजल, गीतलगायतका सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमले नेपाली साहित्यको प्रवर्धन र युवा प्रतिभाको उत्साहवर्धनमा थप योगदान पुर्याएको सहभागीहरुको भनाइ छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
Comments