दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
- जेष्ठ १७, २०८२ मा प्रकाशित
घरमै स्वास्थ्य परीक्षण र उपचार सेवा सुरु, टोल फ्री नम्बर १८१०५०००४५५ सञ्चालनमा
खोटाङ, जेठ १६ — दिप्रुङ चुईंचुम्मा गाउँपालिकाले आज एक औपचारिक कार्यक्रममार्फत पूर्ण खोप सुनिश्चितता प्राप्त पालिकाको घोषणा गरेको छ। सोही अवसरमा ‘हेल्लो डाक्टर’ सेवा अन्तर्गत टोल फ्री नम्बर १८१०५०००४५५ सार्वजनिक गर्दै घरमै गएर स्वास्थ्य परीक्षण र प्राथमिक उपचार सेवा सुरु गरिएको छ।
कार्यक्रमका सभापति पालिका अध्यक्ष लोकेन्द्र राईले सम्पूर्ण पालिका क्षेत्रमा नियमित खोप सेवा पुर्याउने लक्ष्य पूरा भएको घोषणा गर्दै भने, “यो सफलता पालिका, स्वास्थ्यकर्मी र आम समुदायको साझा प्रयासको परिणाम हो।”
यही कार्यक्रममा सुरु गरिएको ‘हेल्लो डाक्टर’ सेवा मार्फत नागरिकले अब घरमै स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक प्राथमिक उपचार प्राप्त गर्न सक्नेछन्। अध्यक्ष राईका अनुसार, “अब बिरामीले अस्पताल धाउनैपर्ने अवस्था छैन, हामी डाक्टरलाई बिरामीको घरमै पुर्याउनेछौं।”
प्रमुख प्रशासकीय अधिकृत पियस्पी चाम्लिङले सेवा विस्तारसँगै विपद् व्यवस्थापन र नगर प्रहरी सेवासमेत यो नम्बरमा समावेश गरिएको जानकारी दिए। “१८१०५०००४५५ नम्बरमा सम्पर्क गरेर कुनै पनि नागरिकले तत्काल सहायता माग्न सक्छन्,” उनले बताए।
कार्यक्रममा आमा समूह, महिला स्वयंसेविका, स्वास्थ्यकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले पालिकाले स्वास्थ्य र सेवा प्रवाहमा देखाएको चासोलाई स्वागत गर्दै निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
गाउँपालिकाले निकट भविष्यमा प्रविधि प्रयोगमार्फत थप सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments