
खोटेहाङ गाउँपालिकामा ९० प्रतिशत भौतिक पूर्वाधार योजना सम्पन्न, आर्थिक प्रगति ५९.४३ प्रतिशत
- असार ५, २०८२ मा प्रकाशित

खोटाङ, असार ४ – खोटेहाङ गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गतका भौतिक पूर्वाधार विकास योजनाको ९० प्रतिशत काम सम्पन्न भएको पाइएको छ।
गाउँपालिकाले चालु वर्षका लागि सडक, पुल, सिँचाइ, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र तथा खेलमैदान निर्माणलगायतका शीर्षकमा भौतिक पूर्वाधार योजनाहरू अघि बढाएको थियो। जम्मा ११ वटा योजना निर्माण गरिएका तीमध्ये अधिकांशको काम सम्पन्न भइसकेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभयो।
गाउँपालिकाले योजनाका लागि विनियोजन गरेको कुल १२ करोड ५४ लाख ८८ हजार रुपैयाँमध्ये ९ करोड ६० लाख ११ हजार रुपैयाँ खर्च भइसकेको छ। संघ र प्रदेश सरकारसँगको सहकार्यमा योजना कार्यान्वयन गरिएको जनाइएको छ।
गाउँपालिकाले मंगलबार आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख राईले सार्वजनिक रुपमा प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुद अधिकांश योजना सम्पन्न गरेका छौँ। बहुवर्षे योजनाहरूलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइनेछ।”
आर्थिक प्रगति ५९.४३ प्रतिशत
कार्यक्रममा प्रस्तुत विवरण अनुसार गाउँपालिकाको कुल बजेट ५८ करोड २८ लाख ७३ हजार रहेकोमा चालु खर्चतर्फ ६३.५३ प्रतिशत र पुँजीगततर्फ ४९.६१ प्रतिशत रकम खर्च भएको छ। समग्र आर्थिक प्रगति ५९.४३ प्रतिशत पुगेको उल्लेख गरिएको छ।
सुनुवाइ कार्यक्रममा प्रमुख राजनीतिक दलका स्थानीय नेता, नागरिक समाज, पत्रकार, शिक्षक, सरोकारवाला निकाय लगायतको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको कामकाजप्रति समग्रमा सन्तोष व्यक्त गरे।
सुझाव र प्रतिक्रिया
कार्यक्रममा नेपाली कांग्रेसका गाउँपालिका सभापति प्रेम थापा, नेकपा (एमाले) सचिव अमरबहादुर बस्नेत, माओवादी केन्द्र अध्यक्ष दिपेन थुलुङ, प्रधानाध्यापक कुमार पराजुली, स्थानीय वडा सदस्य प्रदीप आचार्य लगायतले गुनासा र सुझावहरू राखेका थिए।
उनीहरूले आगामी दिनमा गुणस्तरीय र दीगो योजना निर्माण, भुक्तानी समस्याको समाधान, बसाइँसराइ नियन्त्रण कार्यक्रम, आवासी विद्यालय सञ्चालन, तथा कृषि प्रणालीको आधुनिकीकरण जस्ता विषयमा ध्यान दिन सुझाव दिएका छन्।
सुनुवाइ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ गाउँपालिका प्रमुख राई, उपप्रमुख रुपेश राई तथा प्रमुख प्रशासकीय अधिकृत महेश राईले दिनुभएको थियो।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
Comments