केपिलासगढी गाउँपालिकाको ५० करोडको बजेट सार्वजनिक, शिक्षा र कृषि प्राथमिकतामा
- असार १८, २०८२ मा प्रकाशित
खोटाङ — खोटाङको केपिलासगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोड ७ लाख ५९ हजार ३७३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औं गाउँसभा आइतबार सम्पन्न भएको हो। उपाध्यक्ष गुरुराज राईले बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएकाे हाे।
संघीय र प्रदेश सरकारबाट उल्लेखनीय सहयोग
गाउँपालिकालाई संघीय सरकारबाट विभिन्न शीर्षकमा रकम प्राप्त हुने जनाइएको छ:
-
वित्तीय समानीकरण अनुदान: ७ करोड १ लाख
-
राजस्व बाँडफाँड: ८ करोड ५४ लाख ९ हजार ३७३
-
सशर्त अनुदान: २१ करोड २७ लाख
-
समपूरक अनुदान: १३ करोड ४६ लाख
-
विशेष अनुदान: ३ करोड १९ लाख
त्यस्तै, प्रदेश सरकारबाट:
-
वित्तीय समानीकरण अनुदान: ६८ लाख ६४ हजार
-
राजस्व बाँडफाँड: ५९ लाख ५ हजार
-
सशर्त अनुदान: १ करोड ४७ लाख ८१ हजार
-
समपूरक अनुदान: १ करोड ६० लाख
यससँगै आन्तरिक आम्दानीबाट ३५ लाख र गत वर्षको मौज्दातबाट ९० लाख समेत बजेटमा समावेश गरिएको छ।
चालु र पूँजीगत खर्चमा सन्तुलन
गाउँसभाले चालू खर्चतर्फ ३१ करोड १० लाख ४० हजार ३७३ र पूँजीगत खर्चतर्फ १८ करोड ९७ लाख १९ हजार रुपैयाँ विनियोजन गरेको छ।

शिक्षा पहिलो प्राथमिकता, कृषिमा जोड
गाउँपालिकाको कुल बजेटमध्ये:
-
सामाजिक विकास (शिक्षा प्राथमिक): २१ करोड ९७ लाख १४ हजार ५००
-
आर्थिक विकास: ३ करोड ६३ लाख ३३ हजार ५००
-
पूर्वाधार विकास: ११ करोड ३८ लाख ८० हजार
-
सुशासन र अन्तरसम्बन्धित क्षेत्र: ६८ लाख २ हजार
-
प्रशासनिक खर्च: १२ करोड ४० लाख २९ हजार ३७३
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईका अनुसार शिक्षा र कृषि प्राथमिक क्षेत्रका रूपमा बजेटको केन्द्रमा राखिएको हो। गाउँसभाले बजेट सर्वसम्मत रुपमा पारित गरेको छ।
तोरी प्रशोधन केन्द्र PPP मोडेलमा
गाउँपालिकाले तोरी खेती प्रवद्र्धन गर्न जि फाउण्डेसनसँगको साझेदारीमा बन्ने प्रशोधन केन्द्रलाई सार्वजनिक-निजी साझेदारी (PPP) मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको छ।
फेदी वडाको पुनःसंरचना: दुई वडामा विभाजन
गाउँसभाले हालको सबैभन्दा ठूलो फेदी वडालाई दुई भागमा विभाजन गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावित नयाँ वडाको क्षेत्रफल २४.२१ वर्ग किमी हुने छ भने जनसंख्या करिब १,३०० जना रहने जनाइएको छ। नयाँ वडाको केन्द्र सुम्दे रहनेछ।
नयाँ सीमाना अनुसार:
-
उत्तर: छमुवा खोला र पत्करु
-
दक्षिण: तीन थुम्की, साप्सु, लहरेमाने
-
पूर्व: मैयुङ, हाँसपोखरी, मात्तिमडाँडा
-
पश्चिम: लुदुमु खोल्सा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments