
रास्वपा बैठक आज पनि
- आश्विन ८, २०८२ मा प्रकाशित

८ असोज, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्दैछ । पार्टीको महाधिवेशन, आगामी निर्वाचनको रणनीति र सांगठनिक विस्तारजस्ता महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न हिजोदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः बस्न लागेको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार हिजोको बैठकमा ६ वटा प्रदेशका सभापति र केन्द्रीय सदस्यहरूले विभिन्न एजेन्डामाथि आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी रहेका करिब १० जना सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम जारी रहनेछ ।
“सबैले धारणा राखिसकेपछि सम्बन्धित पदाधिकारीले जवाफ दिने कार्यसूची रहेको छ,” प्रवक्ता झाले भने, “त्यसपछि अन्य तीनवटा एजेन्डामाथि छलफल सुरु हुनेछ ।”
विभिन्न सातवटा एजेन्डा तय गरेर रास्वपाको केन्द्रीय समिति बैठक शनिबारदेखि सुरु भएको हो । बैठकका मुख्य एजेन्डाहरूमा पार्टीको महाधिवेशन, बदलिँदो राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठन एवं विभागहरूको पुनर्संरचना र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीति रहेका छन् ।
सरकारले इलाम-२ मा आगामी फागुन २१ गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ, जसलाई रास्वपाले विशेष महत्त्व दिएको छ । सदस्यहरूले बोल्ने क्रम सकिएपछि बैठकले पार्टीको आगामी दिशा र उपनिर्वाचनका लागि ठोस रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
Comments