जापानले बनायो ‘मान्छे धुने’ मेसिन, १५ मिनेटमै सफाइ, सुकाइ र मनोरञ्जन
- मंसिर १८, २०८१ मा प्रकाशित
आधुनिक प्रविधिको प्रयोगले दैनिक जीवनलाई सरल बनाउँदै लैजाँदा जापानले स्नानको क्षेत्रमा नयाँ आयाम थपेको छ। ओसाकास्थित कम्पनी ‘साइन्स’ ले मानिसलाई सफा गर्नका लागि १५ मिनेटभित्र काम सक्ने ‘मानव धुने मेसिन’ को विकास गरेको छ। यो मेसिन घरायसी र आतिथ्य सेवामा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।
यस प्रविधिको प्रेरणा १९७० को जापान वर्ल्ड एक्स्पोबाट लिइएको हो। उक्त समयमा सान्यो इलेक्ट्रिक कम्पनीले ‘अल्ट्रासोनिक बाथ’ नामक अण्डाकार स्नान मेसिन सार्वजनिक गरेको थियो।
उक्त मेसिनले तातो पानी, मसाज बल र अल्ट्रासोनिक प्रविधिको प्रयोग गरी मानिसलाई सफा गर्थ्यो। तर, त्यसबेला घरमा स्नान गर्ने चलन कम भएकाले यो मेसिन व्यावसायिक रूपमा सफल हुन सकेन।
‘साइन्स’ का अध्यक्ष यासुआकी अओयामा सोही प्रविधि पुनः सिर्जना गर्ने लक्ष्यसहित अगाडि बढेका छन्। उनी बाल्यकालमा आफू उक्त एक्स्पोमा सहभागी भएको र त्यहाँबाट प्रेरणा लिएको बताउँछन्।
मेसिनको विशेषता
‘मिराई निङ्गेन सेन्टाकुकी’ नाम दिइएको यस मेसिनमा प्रयोगकर्ता एउटा विशेष ककपिटमा बस्नुपर्नेछ। मेसिनले सेन्सरको सहायताले मुटुको गति, तनाव स्तरजस्ता स्वास्थ्य सम्बन्धी विवरणहरू मापन गर्छ र त्यस आधारमा पानीको तापक्रम, दबाब तथा भित्री वातावरण अनुकूल बनाउँछ।
मेसिनले उच्च गतिको पानी र सूक्ष्म बबलको प्रयोग गरी शरीर सफा गर्छ। साथै, भित्र प्रोजेक्टरको सहायतामा दृश्य र सङ्गीत पनि हेर्न र सुन्न सकिन्छ। जसले प्रयोगकर्ताको मनमस्तिष्कलाई पनि शान्त बनाउने कम्पनीले विश्वास गरेको छ।
यो मेसिन शारीरिक असक्षमता भएका व्यक्तिहरूका लागि उपयोगी हुने विश्वास लिइएको छ। नुहाउनका लागि अरूको सहयोग आवश्यक पर्ने व्यक्तिहरूका लागि यसले आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।
२०२५ मा सार्वजनिक
‘साइन्स’ ले यस मेसिनलाई आगामी २०२५ मा हुने ओसाका एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। एक्स्पोमा सहभागी व्यक्तिहरूले दैनिक रूपमा मेसिनको प्रयोग अनुभव गर्न पाउनेछन्।
कम्पनीले यसलाई भविष्यमा घरायसी प्रयोगका लागि बजारमा उपलब्ध गराउने योजना पनि बनाएको छ। यो नवीन आविष्कारले स्नान संस्कृतिलाई विज्ञानसँग जोड्दै नयाँ युगको सुरुआत गर्ने विश्वास गरिएको छ। नागरिकबाट
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments