हलेसीमा ग्यास लिक भएर आगलागी, करोडौंको क्षति
- फाल्गुन ५, २०८१ मा प्रकाशित
खोटाङ – खोटाङ जिल्लाको हलेसी बजारमा आइतबार साँझ करिब ६ बजे खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो करिब चार घण्टापछि राति ११ बजे नियन्त्रणमा आएको हो। आगलागीका कारण पदम राईको घर र त्यसमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, साथै आइराज राई र प्रकाशचन्द्र गिरीका घरहरूमा क्षति पुगेको छ।
सुक्खा मौसमका कारण आगो निभाउन कठिनाइ भएको र प्रारम्भिक अनुमान अनुसार एक करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको जनाइएको छ। यद्यपि, घटनामा कुनै मानवीय क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ।
What’s your Reaction?
+1
21
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments