महुरे–फोक्सिङटार सडक कालोपत्र ३१ वर्षपछि प्रारम्भ, मन्त्री दाहालको प्रतिबद्धता
- जेष्ठ ६, २०८२ मा प्रकाशित
खोटाङ, ४ जेठ । तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको महुरे–फोक्सिङटार सडक अन्ततः ३१ वर्षपछि कालोपत्रको चरणमा प्रवेश गरेको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शिलालेख अनावरण गर्दै कालोपत्र कार्य शुभारम्भ गर्नुभयो।
दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गतको फोक्सिङटारदेखि महुरेसम्मको ४९ किलोमिटर खण्डलाई दुई भागमा विभाजन गरी रु ८६ करोड बजेट विनियोजन गरिएको छ। निर्माण कार्य दिव्यज्योति कन्ट्रक्सन र रायमाझी कन्ट्रक्सनले चार वर्षमा सम्पन्न गर्ने जिम्मा लिएका छन्।
कार्यक्रममा बोल्दै मन्त्री दाहालले पुल पुनःनिर्माण, गुणस्तरीय निर्माण र समयमै कार्य सम्पन्नको प्रतिबद्धता जनाउँदै जनस्तरको खबरदारी आवश्यक रहेको बताए।
यसअघि ठेकेदारको लापरबाहीका कारण काम अलपत्र परेपछि पुरानो ठेक्का रद्द गरेर नयाँ ठेकेदारमार्फत पुनः काम शुरु गरिएको हो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments