सुनील शेट्टीले अस्वीकार गरेको ‘बोर्डर’, सासुआमाको आग्रहपछि स्वीकारे
- जेष्ठ ७, २०८२ मा प्रकाशित
काठमाडौं ।
बलिउड अभिनेता सुनील शेट्टीको तीन दशक लामो करियरमा जेपी दत्ताको फिल्म ‘बोर्डर’ एक यस्तो माइलखण्ड हो, जसले उनलाई दर्शकमाझ गहिरो प्रभाव पार्ने कलाकारको रूपमा स्थापित गर्यो। तर रोचक कुरा के छ भने, उनले यो फिल्म सुरुवातमा अस्वीकार गरेका थिए।
भारतीय मिडिया ‘आजतक’सँगको कुराकानीमा सुनीलले भने, “मैले बोर्डरको अफर अस्वीकार गरेको थिएँ, किनभने जेपी दत्ता रिसालु मानिन्छन् भन्ने थाहा पाएको थिएँ। म पनि रिसालु छु। मलाई लाग्यो यदि उनी रिसाए भने म थप्पड हान्न सक्छु। त्यसैले म कसैसँग आफ्नो सम्बन्ध बिगार्न चाहन्नथेँ।”
तर जेपी दत्ता आफ्नो निर्णयमा अडिग थिए। सुनील शेट्टीले खुलासा गरेअनुसार, “जेपी यति जिद्दी थिए कि उनले मलाई ‘भैरव सिंह’ को भूमिकामा जसरी पनि लिन चाहन्थे। अन्ततः उनले मेरो सासुआमालाई नै फोन गरेर सहयोग मागे। सासुआमाको आग्रहपछि मैले फिल्म साइन गरेँ।”
यद्यपि सुनीलले एउटा सर्त राखेका थिए— छायांकनको क्रममा गाली गलौज भयो भने उनी फिल्म छाड्ने थिए। तर जेपी दत्तासँगको सहकार्यले उल्टै मित्रता जन्मायो। “हाम्रो सम्बन्ध यति राम्रो भयो कि हामी साथी भयौं,” सुनीलले भने।
सन् १९९७ मा रिलिज भएको यो फिल्म भारत–पाक युद्धमा आधारित रहेर बनाइएको थियो। यो फिल्ममा सुनील शेट्टीको अभिनयले ठूलो चर्चा बटुलेको थियो। हाल फिल्मको सिक्वेल निर्माणको तयारीमा छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
आश्विन ८, २०८२रास्वपा बैठक आज पनि
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
लोकप्रिय
-
लोकप्रिय आश्विन ८, २०८२मन्त्री पुनको आग्रह: ‘गतिलो टिम बनाउँदैछु, केही दिन फोन र म्यासेज नगर्नुस्’
-
लोकप्रिय असार १८, २०८२एसईई २०८१: खोटाङका पाँच विद्यालय शून्य परिणामसहित, सरस्वती माविका अनुपम र जोनिम जिल्ला टप
-
लोकप्रिय जेष्ठ १७, २०८२दिप्रुङ चुइचुम्मा : अब पूर्ण खोप, ‘हेल्लो डाक्टर’ को टोलफ्री सार्वजनिक
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?



Comments