
फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
- आश्विन २०, २०८१ मा प्रकाशित

दशैंमा नागरिकलाई घर जान सहज बनाउन भट्टराईको जोड
खाेटाङ । देशभर भएकाे अविरल वर्षाको कारण खाेटाङलाई तराईसँग जोड्ने फोक्सिङ्टारको पुल बग्ने बित्तिकै संविधानसभा सदस्य एवम् एमाले नेता विशाल भट्टराईले आफ्नो फेसबुकमा लेखे : ‘अत्यन्त पीडादायी र अपुरणीय क्षति : खोटाङको ‘लाईफलाइन’ फोक्सिङटारको पुल बगायो’ सामाजिक सञ्जालमा पनि धेरै प्रभाव भएका भट्टराईको स्टाटसमा दुई हजार बढी रियाक्टस् र हजार बढीले कमेन्ट गरेका छन् । त्यसयता भट्टराईको दैनिकी जिल्लामा भएको क्षतिमै केन्द्रित बनेको देखिन्छ ।
त्यसको भोलिपल्टै उपलब्ध खोटाङेहरू लिएर भट्टराई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष पुगे।
भट्टराई नेतृत्वको टोलीले मन्त्री दाहाल समक्ष भत्केको पुलको दुईपट्टिको पिलरसहितको संरचना वाकी रहेकोले तत्काल अध्ययन गरी सम्भव भए त्यसमा बेलिबृज जोड्ने, उपयुक्त डिजाइनमा DPR बनाउन प्राविधिक टोली खटाउने, गाइघाट दिक्तेल सडक यथाशीघ्र प्रकृया पुर्याई कालोपत्रे निर्माण कार्य थालनी गर्नुपर्ने, जिल्लाका मुख्य सडक तत्कालै पुनर्निर्माण गरी दसैमा सहजतापूर्वक घर फिर्न सक्ने वातावरण बनाउनुपर्ने जस्ता विषयवस्तुहरू राख्यो ।
मन्त्रीसँग भेटेको फोटो हाल्दै भट्टराईले लेखे : ‘खोटाङेहरु शोकमा छौं मन्त्रीज्यू ! फोक्सिङटारमा तत्काल पुल जोडिनुपर्यो !!’
त्यसको भोलिपल्ट मङ्गलबार जिल्लाभर क्षति भएका आठ वटा झोलुङ्गे पुलको विषय लिएर भट्टराई नेतृत्वको टोली झोलुङ्गे पुल महाशाखा र स्थानीय पूर्वाधार विभागमा पुग्यो र क्षति भएका पुलहरू यथाशीघ्र बनाउन भन्दै क्षतिको विवरण दियो ।
बाढीले जिल्लाका धाप्लाङघाट, डिकुवा नर्सरी, चारबोटे , कुर्लेघाट , कम्पुघाट, भन्डारेघाट, वंशिलाघाट र बुवाँजोरघाट लगायतका पुलहरूमा क्षति पुर्याएको छ ।
भट्टराईले एकातिर सम्बन्धित निकायलाई खबरदारी गरिरहे भने सामाजिक सञ्जाल र सम्पर्कका माध्यमबाट जिल्लावासीहरूको आशा पनि जगाइराखे ! मङ्गलबार साँझ नै जिल्लावासीहरूलाई सम्बोधन गरेर आफ्नो फेसबुकमा हालेको एउटा भिडियो हालसम्म ४० हजार बढीले हेरिसकेका छन् ।
त्यसको लगत्तै भट्टराई जिल्लाको बाढी प्रभावित क्षेत्र बंशिलाघाट नै आइपुगे, स्थानिय पीडितहरूलाई भेटे र सकेको राहत वितरण गरे ।
खोटाङको बसाइँमा क्षति भएका बंशिलाघाट सहित कम्पुघाट, चमेरे र धाप्लाङघाटको झोलुङ्गे पुल क्षति भएका स्थलमा पुगेर पीडितहरूसँग भेटे ।
काठमाडौं फर्किनेवित्तिकै जिल्लाको विषय लिएर भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगे, शनिबार भौतिक पूर्वाधार सचिव, सडक विभागका डिजी, मन्त्रालयका सहसचिवहरू, इन्जिनियरहरूसँग भेटे र फोक्सिन्टारको पुलका लागि ५ ओटा विकल्पहरू तय गरे ।
निष्कर्षका रूपमा आएका विकल्पहरूलाई भट्टराईले आफ्नो सामाजिक सञ्जाल मार्फत साझा गरेका छन् ।
भट्टराइले छलफलबाट निकालेका निष्कर्षहरु :
१) भत्किएर बाकी रहेको २० -२० मिटरको संरचना र त्यसको पिलरले लोड धान्ने अवस्था भए ८० -८५ मिटरको बेलिबृज बिदेशबाट ल्याएर जडान गर्ने । त्यसको लागि केहि समय लाग्छ तर जोडेपछि निकाल्नु नपर्ने हुनाले निकै नै लाभदायक हुन्छ ।
२) त्यो पिलरले लोड धान्न सक्दा बेलि भन्दा हल्का, सस्तो र छिट्टो हुने गरी ट्रस पुल जोड्ने । यो नेपालमै बन्ने हुनाले बेलि भन्दा सहज हुन्छ ।
३) पिलर र जोगिएको संरचनाले काम नगर्ने अवस्था हो भने त्यहि नजिकै अर्को संरचना निर्माण गरी १२० मिटर लामो बेलिबृज जोडेर बर्षामा नउठाउँने गरी (तर अस्थायी) पुल बनाउने ।
४) स्थायी ( Permanent ) पुलको लागि छिट्टो र यथासक्य दीगो पुल बनाउन बेलैदेखि योजना बनाएर लाग्ने ।
५) माथि उल्लेखित काम बिलम्ब हुँदा पानीको सतह घटेपछि पुरानै बेलिबृज जोडेर हिउदभर काम चलाउने र बर्षाले निकाल्ने बेलासम्म अर्को पुल तयारी गरिसक्ने ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments