
बंशिलाघाटमा बेलिब्रिज लाग्ने खबरले ल्याएकाे खुशी
- आश्विन १, २०८१ मा प्रकाशित

फोक्सिन्टारमा पुल बनेसँगै त्यहाँको बेलिब्रिज बंशिलाघाटमा स्थानान्तरण हुने
साँझ पर्नै लाग्दा बंशिलाघाटमा नसाेचेकाे चहलपहल छ ।
उदयपुरतर्फ सन्ताेष राईले चलाएकाे होटलमा केही तन्नेरीहरू खाजा खाँदैछन् । आँगनभरी खोटाङबाट ल्याएका घरिका घरी केराहरू छन्, नजिकै ट्रकमा भरिनेगरी उत्तिसका मुडाहरु छन् ।
आगनछेउमै दूधकोशी एकनास बगिरहेको छ । नजिकै झुलुङ्गे पुल छ । पुलबाट मान्छेले बोकेर सामानहरू ओसारपसार गर्छन् । यो पुल बनेको ७ वर्षजति भयाे ।
”एक ट्याक्टर समान तारेकाे मात्रै चार हजार लाग्छ, लाेड अनलाेड झन्झट कत्ति हाे कत्ति । कति समान बीचमै हराँउछन्, कति टुटफुट हुन्छन् ।” झाेलुंगे पुलतिर हेरेर रनेशले दुख बिसाए । ”यहाँ पुल बन्न अझै कति समय लाग्ने हाे ? त्यतिन्जेल एक सिजन बेलिब्रिज लाग्याे भने पनि ठुलाे दुख हट्छ ।”
”यसपालिबाट बेलिब्रिज लाग्छ रे ।” सन्ताेषले आफ्नाेमा आउने सबैलाइ याे खबर सुनाइरहेका छन् ।
बंशिलाघाट खाेटाङकाे बराहपाेखरी गाउँपालिका जन्तेढुङ्गा गाँउपालिका, खाेटेहाङ गाउँपालिका र भाेजपुरकाे आमचाेक गाउँपालिकालाई तराइसँग जाेड्ने नाका हाे । एउटा माेटाेरेबल पुल नहुँदा दुधकाेशीले लगाएकाे प्राकृतिक नाकाबन्दीकाे चपेटामा याे क्षेत्रका मान्छेहरू छन् ।
खाेटाङपट्टि मात्रै यहाँ दिनमा १५ वटासम्म बाेलेराे चल्छन् । झाेलुङ्गे पुलबाट दिनमा सय हाराहारी बाइक आाेहाेरदाेहाेर गर्छन् ।
इटहरी धरान विराटनगरबाट बाइकमा डेढ/दुई घण्टाको छाेटाे दुरीमा रहेकाे याे क्षेत्र माेटाेरेवल पुल नभएका कारण बत्ती मूनिकाे अध्याराेजस्ताे बन्न पुगेकाे छ ।
याे नाका हुँदै खाेटाङ भाेजपुरका केरा, बेसार, बाँस, अम्लिसाे, उत्तिस, सिन्काैलीजस्ता उत्पादन तराइसम्मका पुग्छन् भने दैनिक उपभाेग्य लगायत अन्य सामानहरू खाेटाङ/भाेजपुर भित्रिन्छन् ।
वर्षाैंदेखि खाेटाङपट्टि व्यपार गर्दै आएका गुन्जमान राइ (रनेश) पुल नहुँदा ढुवानी खर्च दाेब्बर भएकाे गुनासाे गर्छन् ।
”एक ट्याक्टर समान तारेकाे मात्रै चार हजार लाग्छ, लाेड अनलाेड झन्झट कत्ति हाे कत्ति । कति समान बीचमै हराँउछन्, कति टुटफुट हुन्छन् ।” झाेलुंगे पुलतिर हेरेर रनेशले दुख बिसाए । ”यहाँ पुल बन्न अझै कति समय लाग्ने हाे ? त्यतिन्जेल एक सिजन बेलिब्रिज लाग्याे भने पनि ठुलाे दुख हट्छ ।”
०७९ मा संविधानसभा सदस्य विशाल भट्टराइ र त्यतिबेला भर्खर चुनाव जितेका प्रतिनिधिसभा सदस्य रामकुमार राइ पासाङले बंशिलाघाटमा बेलिब्रिज राख्न आग्रह गर्दै सडक विभागमा निवेदन दिए ।
तर त्याे बाटाे राष्ट्रिय राजमार्ग अन्तरगत नपर्ने भन्दै विभागले वेलिव्रिज जडान गर्न मानेन । केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि भट्टराइले पुन याे पहलकदमी शुरु गरे र प्रधानमन्त्री, मन्त्री समक्ष धाएर बंशिलाघाटमा बेलीब्रिज राख्न दिने निर्णय गराइछाडे ।
बंशिलाघाटबाट केही उत्तरमा पर्ने फाेक्सिन्टारघाटमा पुल बनिसकेकाले त्यहाँ प्रयाेग भएकाे बेलिब्रिज बंशिलाघाटमा स्थानान्तरण गर्ने निर्णय भयाे । तर त्यसकाे जडान भने संघीय सरकारले नगर्ने भयाे ।
भदाै २३ गते भट्टराइकै आह्वानमा बराहपाेखरी, जन्तेढुंगा, चाैदण्डिगढीका जनप्रतिनिधि र त्यसक्षेत्रका व्यवसायीहरु समेतकाे बैठक चाैदण्डिगढी नगरपालिकाकाे कार्यालयमा बस्याे । याे बर्षका लागि यी स्थानीय तह र व्यवसायीहरु समेतकाे सहयाेगमा वेलिव्रिज जडान गर्ने र आगामी वर्षबाट संघीय बजेटमा यसलाइ समेट्न पहल गर्ने निस्कर्षसहित एउटा निवेदन तयार भयाे ।
भट्टराइ आफैले निवेदन लिएर मन्त्री, सचिव, डिजिसम्म पुर्याएपछि यसकाे बाँकी प्रक्रिया शुरु भएकाे छ । सबै प्रक्रिया पुगेपछि स्थानीय तहबाट टेण्डर वर्षमा करिब छ महिना जति बंशिलाघाटमा बेलीब्रिज सञ्चालन हुन्छ ।
बैठकबाट फर्किएका जनप्रतिनिधिहरुले बंशिलाघाटमा बेलिव्रिज लाग्ने शन्देश ल्याएपछि वंशिला क्षेत्रका स्थानीयले ठुलाे राहत पाउने आशा गरेका छन् । पुल नवन्नाले महंगाे मुल्यमा दैनिक उपभाेग्य सामग्री किन्नुपर्ने वाध्यता हट्छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments