
कुष्ठरोगको समयमै उपचार गरे अपाङ्गता हुनबाट बच्न सकिन्छ : योहेइ सासाकावा
- आश्विन ३, २०८१ मा प्रकाशित

विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागिरहनुभएका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावाले कुष्ठरोगको समयमै उपचार गरे स्थायी अपाङ्गता हुनबाट बच्न सकिने बताउनुभएको छ ।
नेपाल भ्रमणमा आउनुभएका उहाँले आज यहाँ सञ्चारकर्मीसँगको कुरा गर्दै कुष्ठरोगबाट हुने स्थायी अपाङ्गतालाई रोक्नका लागि प्रारम्भिक पहिचान र उपचार आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष योहेइले भन्नुभयो, “कुष्ठरोगको डर र सामाजिक कलङ्कको जरा गहिरो छ, यो रोगको छवि परिवर्तन गर्न तथा भेदभाव हटाउनका लागि अझैै काम गर्न बाँकी छ । हामीले शून्य कुष्ठरोगको परिकल्पना लिएका छाँै, जसले रोगसँग सम्बन्धित सबै प्रकारका पीडाहरुबाट मुक्त संसारको निर्माण गर्न सकोस् ।”
द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्वस्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । उहाँ कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभावविरुद्धको लडाईमा ४० वर्षभन्दा बढी समयदेखि प्रतिबद्ध भएर लडिरहनुभएको छ । अध्यक्ष योहेइ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानवाधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सद्भावनादूत नियुक्त हुनुभएको थियो । त्यस्तै उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत हुनुहुन्छ ।
नेपालमा सन् १९६० मा पहिलो पटक कुष्ठरोगको सर्वेक्षण भएको थियो । सन् १९६६ मा नेपालमा कुष्ठरोगको डप्सन मोनोथेरापीमार्फत उपचार पद्धति सुरु भएको थियो । सन् २०२१ मा शून्य कुष्ठरोगको मार्गचित्र तयारी गरिएको थियो । नेपालमा आर्थिक वर्ष २०७९/८० मा दुई हजार ५२२ नयाँ कुष्ठरोगका नयाँ केश देखिएको थियो । हाल ३४ जिल्लामा कुष्ठरोग शून्य छ ।
कुष्ठरोग अझै पनि १२० भन्दाबढी देशमा रहेको छ । सन् २०२२ मा विश्वमा एक लाख ७४ हजार ८७ नयाँ केशहरु भेटिएको तथ्याङ्क छ । विश्वभर निःशुल्क उपलब्ध मल्टिड्रग थेरापीमार्फत कृष्ठरोगको उपचार गरे निको हुन्छ । यो एक सङ्क्रामक रोग हो । जसले मुख्यतया छाला र परिधीय स्नायुलाई असर गर्छ । यो रोग सिँगान तथा तरल पदार्थ, थुक वा खकारबाट सर्दछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २०, २०८२भारतसँग विवादबीच पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण
-
पुष १२, २०८१चउरमै बस्याे गाउँ कार्यपालिकाकाे बैठक
-
कार्तिक २५, २०८१कालु लामाकाे जिन्दगी बदल्ने त्याे एक रात
-
आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
लोकप्रिय
-
लोकप्रिय फाल्गुन ५, २०८१राष्ट्रिय सभालाई ज्ञानेन्द्र शाहीको अर्को प्रश्न- हरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो ?
-
लोकप्रिय मंसिर १५, २०८१लाेकेन्द्रलाई ‘पाेलिटिक्समा पास’ गराउने ‘मेडिकल फेल’
-
लोकप्रिय आश्विन २०, २०८१फाेक्सिङ्टारकाे पुलका लागि विशाल भट्टराईले अघि सारेका विकल्पहरू
-
लोकप्रिय आश्विन १४, २०८१भत्किएका संरचना बनाउन मुख्यमन्त्रीलाई अध्यक्ष राईको आग्रह
Comments